मकवानपुर प्रशासनलाई डिनाको मास्क र सेनिटाइजर 

हेटौडा न्युज
२३ बैशाख २०७७, मंगलवार २२:१०
;

जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले ७ सय २० थान मास्क र ११ लिटर सेनिटाइजर सहयोग गरेकी छिन् । आज कार्यालयमा नै पुगेर डिनाले मास्क र सेनिटाइजर सहयोग गरेकी हुन् ।     

मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाललाई उनले सहयोग गरेको मास्क र स्यानिटाइजर हस्तान्तरण गरेकी हुन् । सो अवसरमा प्रमुख जिल्ला अधिकारी नेपालले कोरोना भाइरस सङ्क्रमणबाट बच्न मास्क र स्यानिटाइजर सहयोग उपलब्ध गराइदिएकामा नेतृ डिनालाई धन्यवाद दिए । 

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल र हेटौँडा उपमहानगरपालिकाका काँग्रेसका सभापति आनन्दराम पराजुलीलगायत सहभागी रहेका थिए ।

साथै उपाध्याय डिनाले आज नै प्रेस युनियन मकवानपुरलाई पनि एक सय थान मास्क हस्तान्तरण गरेकी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*