लकडाउन सर्त सहित खुकुलो पार्नु पर्छः गृहमन्त्री थापा

हेटौडा न्युज
२३ बैशाख २०७७, मंगलवार २२:४१
;

गृहमन्त्री रामबहादुर थापा बादलले शर्तसहित लकडाउन खुकुलो बनाउनु पर्ने बताएका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गते देखि लगाइएको लकडाउन शर्तसहित खुकुलो बनाउनुपर्ने बताएका हुन् ।

मंगलबार प्रतिनिधिसभाको कानून न्याय तथा मानवअधिकार समितिमा उनले लकडाउनले आर्थिक संकट बढी देखिएको भन्दै यसलाई शर्तसहित खुकुलो बनाउनुपर्ने बताएका हुन् ।

उनले लकडाउनका कारण देशमा ‘बेरोजगारी लगायतका समस्या देखिएको बताए । गाउँ फर्किने अभियान पनि यही कारण देखिएको उनले बताए । मन्त्री थापाले लकडाउन कहिलेदेखि र के शर्तमा खुकुलो बनाइने भन्नेबारे भने खुलाएनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*