नेपालमा कोरोना परीक्षणको किट अभाव
नेपालमा पीसीआर विधिबाट कोरोना भाइरसको परीक्षण प्रयोग हुने किट अभाव भएको छ । देशका विभिन्न स्थानमा सुरु भएको पीसीआर (रिजर्भ ट्रान्स्क्रिप्सन–पोलिमरेज चेइन रियाक्सन) विधिबाट कोरोना परिक्षणमा प्रयोग हुने (रिएजेन्ट) किटको अभावका कारण कोरोना परिक्षणमा समस्या आएको छ ।
परीक्षण किट अभावका कारण वीर अस्पताल, भैरहवा लगायतका केही प्रयोगशालाहरुमा कोरोना परीक्षणको काम रोकिएको छ । स्वास्थ्य मन्त्रलयले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार एक दिनमा २ सय २५ जनाको मात्र पीसीआर विधिबाट कोरोना परीक्षण हुने गरेको छ । विज्ञहरुले पीसीआर विधिबाट कोरोना परीक्षणको दायरा बढाउनुपर्ने सुझाव दिइरहेको बेला नेपालमा भने परीक्षण किट नै अभाव भएको छ ।
स्वास्थ्य मन्त्रालयले विदेशबाट आयत हुनपर्ने स्वास्थ्य सामाग्री समयममा नआउँदा नेपालमा पीसीआर विधिबाट गरिने कोरोना परीक्षणको किट अभाव भएको बताएको छ ।
नेपालमा हालसम्म हालसम्म १३ हजार ६ सय ४० वटा नमूनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । जसमध्ये ८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
सरकारले पीसीआर विधिबाट गरिएको परीक्षणबाट आउने नतिजालाई मात्र आधिकारिक मान्ने गरेको छ ।