थाहा नगरको तरकारीका लागि नयाँ बजार खोज्न मेयर विष्टको आग्रह 

हेटौडा न्युज
२४ बैशाख २०७७, बुधबार १५:०१
;

मकवानपुरको उत्तरीक्षेत्र थाहा नगरमा उत्पादीत तरकारी बजारीकरणको लागि नयाँ बजारको खोजी गर्न थाहा नगरपालिकाका प्रमुख लबशेर बिष्टले आग्रह गरेका छन् । मेयर विष्टले उत्पादीत तरकारीले उचित मूल्य र बजार नपाउँदा किसान मारमा परिरहेको बताउँदैँ सहकारीलाई यस्तो आग्रह गरेका हुन् । 

सहकारी समन्वय समिती थाहा नगरपालिकाको प्रथम बैठकमा मेयर बिष्टले कृषकहरुले उत्पादन गरेका तरकारीको उचित बजार ब्यवस्थापनका लागी नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने बताएका छन् । 

नगर समन्वय समितीका अध्यक्ष महेश्वर सुबेदिको अध्यक्षतामा बसेको बैठकले थानगरमा उत्पादन भएका तरकारीको संकलन र बजारिकरणको लागी फणीन्द्र सुबेदिको संयोजकत्वमा एक समिती समेत गठन गरेको छ । समितिको सदस्यहरुमा बिमल केसी र शुक्ला गोपाली रहेका छन् ।

बैठकमा थाहा नगरपालिका उपप्रमुख खड्ग गोपाली, मकवानपुर जिल्ला सहकारी संघका कोशादक्ष बिमलकुमार ढकाल, जिल्ला कृषि सहकारी संघ मकवानपुर सदस्य  राजकुमार के सी लगायतको उपस्थिति रहेको थियो ।

उत्पादीत तरकारीको मकवानपुर जिल्ला सहकारी संघ मार्फत जिल्लाका सहकारी संस्थाहरु मार्फत बिक्रीवितरण गर्ने मकवानपुर जिल्ला सहकारी संघका ब्यवस्थापक गोबिन्द दाहालले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*