करिब डेढ करोडको गाडी किन्दै पानीजहाज कार्यालय
२४ बैशाख २०७७, बुधबार २२:१५

नेपाल पानी जहाज कार्यालयले करिब रु.डेढ करोडको गाडी किन्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको कार्यालयले बोलपत्र स्वीकृति सम्बन्धी सूचना प्रकाशित गर्दैै सवारी साधन किन्न लागेको जनाएको हो ।
कार्यालयले १ करोड ४३ लाख ९८ हजारका दुई वटा एसयूभी गाडी किन्न लागेको जनाईएको छ । कार्यालयले गत फागुन ८ गते सूचना प्रकाशित गर्दै दुईवटा गाडी खरिदका लागि टेन्डर आह्वान गरेको थियो ।










