नेपालमा १७ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ९९ पुग्यो 

हेटौडा न्युज
२४ बैशाख २०७७, बुधबार २२:२६
;

नेपालमा थप १७ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार आयोजित नियमित प्रेस ब्रिफिङमा पर्साको वीरगञ्जका थप १७ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

कोरोना पुष्टि भएकाहरुमा २ महिनादेखि ६४ वर्षकासमेत रहेको उनले जानकारी दिएका छन् । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट १० जना पुरुष र ७ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको उनले बताएका छन् । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*