पर्साका २ महिने शिशु कोरोना संक्रमित, निको भएर घर फर्किएका ३ जनामा पुनः संक्रमण 

हेटौडा न्युज
२४ बैशाख २०७७, बुधबार २३:०१
;

पर्सामा २ महिने शिशुलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा १७ जनामा कोरोना देखिएको र जसमा दुई महिना शिशु समेत रहेको जनाइएको छ । 

स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत बुधबार डा. विकास देवकोटाले निको भएका तीन पुरुषमा पुनः कोरोना संक्रमण देखिएको पुष्टि गरेकमा छन्।

वैशाख १ गते संक्रमण पुष्टि भएपछि पाटन अस्पतालमा उपचारपछि बैशाख ११ गते डिस्चार्ज भएका ५८ वर्षीय पुरुषको पुन फलोअपमा नमुना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि उनी अस्पतालमा भर्ना भएको प्रवक्ता देवकोटाले जानकारी दिएका छन् ।

वैशाख १४ गते डिस्चार्ज भएका रौतहटका १९ वर्षीय र पर्साका ४४ वर्षीय पुरुषको पुन पुनः परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि विरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका लागि भर्ना भएको देवकोटाले जानकारी दिएका छन् ।

२२ जना निको भएर घर फर्किएकामा ३ जनामा पुन संक्रमण देखिएर अस्पताल भर्ना भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*