प्रधानमन्त्री ओलीले हिंसा र आतंक मच्चाउन खोजेको विप्लवको आरोप
प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा र आतंक मच्चाउन खोजेको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले आरोप लगाएका छन् ।
चितवनमा उपचाररत अवस्थामा रहेका बेला मंगलबार आफ्ना पार्टीका केन्द्रीय सदस्य अनिल शर्मा (विरही)लाई पक्राउ गरिएको विरोधमा बुधबार एक विज्ञप्ति जारी गरी यस्तो आरोप लगाएका हुन् ।
विप्लवले उनको पक्राउप्रति भत्र्सना गर्दै विना सर्त रिहा गर्न माग चेतावनी समेत दिएका छन् ।