हेटौंडा अस्पताललाई इन्जिनियर एशोशिएसनको ‘सिस्टर रोवर्ट’
नेपालका सरकारी अस्पतालमै पहिलो पटक हेटौंडा अस्पतालमा विरामी जाँन रोवर्टको प्रयोग गरिएको छ । कोरोना भाइरसको त्रास बढ्दै गएको समयमा नेपाल इन्जिनियर एशोशिएसन बागमती प्रदेश समितिले मकवानपुरको हेटौंडा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुको सहताका लागि ‘सिस्टर रोवर्ट’ हस्तान्तरण गरिएको हो ।
अस्पतालमा आउने विरामीहरु सम्म स्वाथ्यकर्मी नपुगी रोवर्टको माध्यमबाट विरामीको जाँच गर्ने, औषधि दिने जस्ता काममा स्वास्थ्यकर्मीलाई सहज हुने भएको छ ।
बिशेषगरी कोरोना संक्रमित बिरामीलाई उपचार गर्नका लागि स्वास्थ्यकर्मीलाई संक्रमण नहोस भन्ने उदेस्यले ‘सिस्टर रोवर्ट’ को प्रयोग ल्याउन लागिएको एशोशिएसनले जनाएको छ । एशोशिएसनले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल मार्फत हेटौंडा अस्पताललाई रोवर्ट हस्तान्तरण गरेको हो । रोवर्ट हेटौंडाको कर्रामा रहेको आइसोलेसनमा राखीने छ ।
कोरोना संक्रमित बिरामीलाई जाँच गर्ने, औषधि वितरण गर्ने र खाना लगिदिने जस्ता काममा रोवर्टको प्रयोग गर्ने हेटौंडा अस्पतालका प्रमुख डाक्टर प्रविण श्रेष्ठले जानकारी दिए । स्वास्थ्यकर्मी छुट्टै कोठामा बसेर कम्प्युटरका माध्यमले ‘सिस्टर रोवर्ट’ बिरामीकहाँ पु¥याउने, बिरामीले आफ्ना कुरा भिडियो मार्फत राख्ने र त्यही अनुसार उपचार गर्न पनि सहजका लागि उपयोगमा ल्याइने डाक्टर श्रेष्ठले बताए ।
रिमोर्ट कन्ट्रोलबाट प्रयोगमा आउने सो रोवर्टले ३० केजी सम्मको सामानहरु विरामी सम्म पुर्याउन सकिने छ ।
‘सिस्टर रोवर्ट’ निर्माण र प्रयोगमा ९० हजार रुपैयाँ लगानी गरिएको नेपाल इन्जिनियर एशोशीएसन बागमती प्रदेशका अध्यक्ष नन्दलाल बन्जाडेले बताए ।
मुख्यमन्त्री पौडेलले अहिलेको युग भनेको प्रविधिको युग भएकाले यसै अनुसार काम गर्न र ‘सिस्टर रोवर्ट’ हस्तान्तरण गर्दै प्रविधिको उच्चतम प्रयोग गर्न आग्रह गरे ।