भारतबाट धान बोकेर आएको ट्रकमा भेटियो १८ लाख रुपैयाँ

हेटौडा न्युज
२५ बैशाख २०७७, बिहीबार ००:४८
;

सर्लाहीको भन्सारबाट स्रोत नखुलेको करीब १८ लाख रकम सहित २ भारतीयलाई प्रकाउ रेका छन् । सर्लाही भन्सारबाट स्रोत नखुलेको सो रकम सहित दुई भारतीयलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो । 

सर्लाही मलंगवा नगरपालिका–२ स्थित भन्सार चेकपोष्टमा खटिएको सशस्त्र प्रहरीले धान बोकेर आएको भारतीय नम्बर प्लेटको ट्रकलाई चेकजाँच गर्दा नेपाली रुपैया १७ लाख ९० हजार र भारतीय रुपैया ४ हजार बरामद भएको हो ।

 पक्राउ पर्नेमा सवारी चालक ४२ वर्षीय रामललित मण्डल र सह–चालक ३३ वर्षको निरजकुमार मण्डल छन् ।

जिल्ला सुरक्षा बेश सर्लाहीबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले रकम सहित दुईजनालाई पक्राउ गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*