रुखबाट लडेर १३ वर्षीय बालकको मृत्यु
२५ बैशाख २०७७, बिहीबार १६:५०
आँपको रुखबाट लडेर १३ वर्षीय बालकको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१७ का मन्सुर मियाँका १३ वर्षीय छोरा मोहम्मद इरफानको लडेर मृत्यु भएको हो ।
बुधबार साँझ आँप टिप्न भनेर रुखमा चढेका इरफान लडेर बेहोस भएको अवस्थामा स्थानीय बासिन्दाले आँपको फेदमा भेटाएका थिए ।
उपचारका लागि कोसी अस्पताल ल्याउने क्रममा बालकको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जनाएको छ ।










