मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
मोटसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सप्तरीमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किदाँ मोटरसाइकलमा सवार कृष्णासावरण गाउँपालिका–३ का ३५ वर्षीय बिक्रम सरदारको मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकलमा सवार बिक्रम र ३६ वर्षीय तरुण सरदार घाइते भएका हुन् ।
अग्निसाइर कृष्णासावरण गाउँपालिका–२ सितापुरस्थित पूर्वपश्चिम राजमार्गमा बिहीबार बिहान ना३ख ६१२६ नम्बरको ट्रकमा स८प ५६२९ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।
उनीहरुलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याउने क्रममा बिक्रमको मृत्यु भएको हो ।