ड्युटीमा खटिएका प्रहरी हवल्दारको एक्कासी मृत्यु

हेटौडा न्युज
२५ बैशाख २०७७, बिहीबार १९:२२
;

जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी हबल्दार रामबहादुर मगरको मृत्यु भएको छ ।

उदयपुर घर भएका प्रहरी हवल्दार मगरको ड्युटीमा खटिएकै अवस्थामा बिहीबार एक्कासी मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

उनको मृत्युको कारण खुल्न नसकेको र त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सप्तरीमा यसअघि पनि सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) को ड्युटीमै खटिएको अवस्थामा मृत्यु भएको थियो ।

भारतसँग सीमा जोडिएको सप्तरीकोे बोदे बर्साइन नगरपालिका–९ देउरीमा खटिएका सशस्त्र प्रहरीका असई कुलबहादुर कार्कीको गत सोमबार मृत्यु भएको थियो । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*