नेपाल प्रवेश गर्न खोज्ने भारतीयद्वारा सशस्त्र प्रहरी माथि ढुंगामुढा प्रहार

हेटौडा न्युज
२५ बैशाख २०७७, बिहीबार २०:४१
;

नेपाल–भारत सीमानाकामा भारतीय नागरिकले ढुंगामुढा प्रहार गरेका छन् । बाराको कबहीगोठस्थित सिमानाकामा रहेको सशस्त्र प्रहरी बलको चेकप्वाइन्टमा भारतीय नागरिकहरुले हातपात र ढुंगामुढा प्रहार गरेपछि सशस्त्र प्रहरीले हवाई फायर समेत गरेको छ ।

बाराको कबहीगोठस्थित नेपाल–भारत सीमानामा भारतबाट दुईवटा गाडीसहित नेपाल प्रवेश गर्न खोज्ने भारतीय नागरिकले हातपात र ढुंगामुढा गरेपछि सशस्त्र प्रहरीले हवाई फायर गरी भीडलाई तितरबितर पारेको हो ।

गाडी प्रवेश गर्न नपाएपछि करिब डेढ सयको संख्यामा भारतीय नागरिक सशस्त्र प्रहरीको चेक प्वाइन्टमा ढुंगामुढा गर्न आएका थिए । त्यही क्रममा सशस्त्रले हवाई फायर गरी भीडलाई भारततफै फर्काएको हो ।

लकडाउनयता मात्रै भारतीय नागरिकले नेपाल प्रवेश गर्न खोज्दा ११ चेक प्वाइन्टमा आक्रमण गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*