सरकारले जेठ २ गते नीति तथा कार्यक्रम ल्याउने, २८ गते प्रि–बजेट छलफल

सरकारले नयाँ आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याउने भएको छ । राष्ट्रिय सभाले बनाएको कार्यतालिका अनुसार जेठ राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते अपरान्ह ४ बजे संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएकी छिन् ।
नीति तथा कार्यक्रमपछि सरकारले बजेटको तयारी थाल्ने भएको छ । यस्तै शुक्रबारदेखि बजेट अधिवेशन सुरु हुँदैछ । यही अधिवेशनमा प्रि–बजेट छलफल हुने, ३ दिन प्रतिनिधिसभामा र २ दिन राष्ट्रियसभामा बजेटबारे छलफल हुनेछ । संघीय सरकारको बजेट जेठ १५ गते प्रस्तुत हुनेछ ।











