भिरबाट खसेको ढुंगाले लागेर एक युवकको मृत्यु
हेटौडा न्युज
२५ बैशाख २०७७, बिहीबार २१:४४
भिरबाट खसेको ढुंगाले लागेर एक युवकको मृत्यु भएको छ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका– ११ का बालकृष्ण खड्काको ढुंगाले लागेर मृत्यु भएको हो ।
बुुधबार साँझ खेतबाट घर फर्कने क्रममा वर्षाका कारण माथिबाट खसेको ढुंगाले टाउकोमा लाग्दा खड्काको घटनास्थलमै मृत्यु प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ढुंगाले लाग्दा उनी बाटोबाट एक सय ५० मिटर तल खसेका थिए।