चट्याङ लागेर दुई जनाको मृत्यु

हेटौडा न्युज
२५ बैशाख २०७७, बिहीबार २२:२४
;

चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । रोल्पा जिल्लाको लुङ्ग्री गाउँपालिका वडा नं. २ सिर्प निवासी ४० वर्षीय चित्र पुन र ६३ वर्षीय भीमबहादुर विकको मृत्यु भएको हो ।

दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  दुबै जनाको घर तलमाथि रहेको छ ।

उनीहरू दुबै जना घर बाहिर निस्केको समयमा चट्याङले हानेको भए पनि उनीहरूको बीचको घरका मानिसहरू भने सकुशल रहेको मृत्यु रोल्पाका प्रहरी प्रमुख चित्रबहादुर गुरूङले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*