नेपालमा हालसम्म ६८ हजार बढीको नमुना परिक्षण
नेपालमा हालसम्म ६८ हजार ६सय २ जनाको नमूना परीक्षण भएको छ । जसमध्ये आरडीटी प्रविधिबाट ५४ हजार ९३ र पीसीआर प्रविधिबाट १४ हजार ५ सय ९ नमूना परीक्षण भएको हो ।
गत २४ घन्टामा १ हजार ४ सय ५१ नयाँ नमूना परीक्षण स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै सातवटै प्रदेशमा आरडीटी परीक्षण भइरहेको छ ।
जसमध्ये प्रदेश १ मा, ६ हजार ५ सय ५९ प्रदेश २ मा ५ हजार ३सय ४८ ,बागमती प्रदेशमा ९ हजार ०४४ ,गण्डकीमा ६ हजार ३ सय ४९, प्रदेश ५ मा ५ हजार ७ सय १३ प्रदेश कर्णालीमा ६ हजार ६ सय ८ र सुदूरपश्चिम प्रदेशमा १४हजार ४७२ गरी जम्मा ५४ हजार ९३ वटा परीक्षण भएका छन्।रेड जोनमा ३ सय ३५ जना पुगेका छन् ।
संक्रमितमध्ये २२ जना निको भएका छन् । जसमध्ये तीन जनाको स्वाब परीक्षण रिपोर्ट पोजिटिभ देखिएपछि पुनः अस्पताल भर्ना गरिएको छ ।










