हेटौंडामा रोकियो कोरोना परिक्षण

हेटौडा न्युज
२५ बैशाख २०७७, बिहीबार २३:४०
;

हेटौंडामा कोरोना परिक्षण रोकिएको छ । संघीय सरकारले बागमती सरकारलाई उपलब्ध गराएको पीसीआर किट सकिएको छ भने आरडीटी किट पनि पर्याप्त नहुँदा कोरोना परिक्षण रोकिएको हो । 

संघीय सरकारले पाँच सय पीसीआर किट उपलब्ध गराएको थियो । देशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी तथा चिकित्सा विभागका प्रमुख डा. पुरुषोत्तम सेढाईंका अनुसार हालसम्म हेटौंडामा ४ सय ६५ जनाको पीसीआर परीक्षण भएको छ । आज बिहीबारबाट परीक्षण गर्न किट सकिएको उनले बताएका छन्। 

हेटौंडा–१० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको पीसीआर मेसिनमा परीक्षण गरिएका मध्ये हालसम्म चार जनामा कोरोना पुष्टि भएको छ ।

हेटौंडामा चैत २७ बाट मकवानपुर, सिन्धुली, बारा, पर्सा र रौतहटबाट स्वाब संकलन गरेर कोरोना परीक्षण गरिँदै आएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*