किन बोल्न सक्दैन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ?: मन्त्री दुलाल

हेटौडा न्युज
२६ बैशाख २०७७, शुक्रबार ०३:३६
;

बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल (शरद) ले पिसिआर प्रविधिबाट सांसदहरुको कोरोना परिक्षण गर्नु किटको नोक्सानी मात्र भएको बताएका छन् ।

उनले आरटी- पिसिआर प्रविधिबाट परिक्षणको राष्ट्रिय प्रोटोकल अनुसार जोखिमयुक्त स्थानको ट्राभल हिस्ट्री र लक्षण बिपरित सबै सांसदहरुको स्वाव कलेक्सन गरि परिक्षण गर्नु किटको नोक्सानी मात्र भएको बताएका हुन् ।
""सांंसदलाई गरेको कोरोना टेस्ट प्रती असन्तुष्टि व्यक्त गर्दै  संघिय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई मन्त्री दुलालले प्रश्न समेत गरेका छन् । उनले "किन बोल्न सक्दैन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय? सहि कुराको लागि ?" आफ्नो फेसबुक पेजमा स्टाटस लेखेर प्रश्न गरेका हुन् ।

उनले सामाजिक संजाल फेसबुक मार्फत स्टाटस लेख्दै भनेका छन् "स्वास्थ्य सामाग्रीको आदर्शतम उपयोग गरौं । भयाबह स्थितिको लागि एक एक सामानको सहि प्रयोग र सुरक्षा गर्न जरुरी छ ।"

उनले लेखेको स्टाटस यस्तो छ:-
RT-PCR परिक्षणको राष्ट्रिय प्रोटोकल बिपरित सांसदहरुको स्वाव कलेक्सन गर्नु किटको नोक्सानी मात्र हो । किन बोल्न सक्दैन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय??? सहि कुराको लागि ??? अब स्वास्थ्य सामाग्रीको आदर्शतम उपयोग गरौं । भयाबह स्थितिको लागि एक एक सामानको सहि प्रयोग र सुरक्षा गर्न जरुरी छ । बिनम्रतापूर्वक अनुरोध गर्छु कि हामी मन्त्री/सांसद/उच्च पदस्थ कर्मचारीले N-95 मास्क नलगाऔं । स्वास्थ्य सेवामा तल्लिन जनशक्ति र संक्रमित वा बिरामीलाइ मात्र सुहाउँछ N-95 मास्क । धन्यवाद ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*