यस्तो छ आजको मौसम पूर्वानुमान
हेटौडा न्युज
२६ बैशाख २०७७, शुक्रबार १३:५८
पश्चिमी र स्थानीय वायुको प्रभावले आज देशका केही स्थानमा बदली भई मेघगर्जनसहित पानी पर्ने साम्भावना रहेको छ ।
आज शुक्रबार देशको पूर्वी भू–भागमा बदली भई मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने समभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै मध्य र पश्चिमका केहि स्थानमा पनि हल्का पानी पर्ने समभावना रहेको छ । आज राति पनि मध्य र पश्चिमका पहाडी भू–भाग र पुर्वी भू–भागका स्थानमा बदली भई पानी पर्ने मौसमविद्ले जनाएका छन् ।