स्वास्थ्य मन्त्री ढकाललाई तत्काल हटाऊ

हेटौडा न्युज
२६ बैशाख २०७७, शुक्रबार १५:२५
;

प्रधानमन्त्री केपी शर्मा ओलीमाथि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई तत्काल हटाउन दवाव बढेको छ । मन्त्री ढकाललाई तत्काल हटाउन यतिबेला सामाजिक संजालबाट चर्को दवाव दिइएको छ । 

विश्व कोरोना भाइरसको संक्रमणबाट ग्रस्त रहेका अवस्थामा नेपाल पनि अछुतो छैन । जिम्मेवार मन्त्रालयका मन्त्रीले कोरोना भाइरसको संक्रमण रोक्नका लागि गम्भीर भएर सामाजिक दूरी कायम गर्ने लगायतका गतिविधिमा कडाइ गर्नुपर्नेमा आफैले हात मिलाएपछि उनी चर्को आलोचनाको पात्र बनेका हुन् । 

प्रसंग बैशाख २५ गते बिहीबारको 
बैशाख २५ गते नेपाल सरकारलाई स्वीस सरकारले रोश डायग्नोस्टिकको कोभिड–१९ परीक्षण गर्ने ३० हजार थान टीवमोलविल पीसीआर टेष्ट किट हस्तान्तरण गर्यो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित कार्यक्रममा साँझ ढकाललाई नेपालका लागि स्वीस राजदूत एलिजाबेथ भोन क्यापलरले उक्त किट हस्तान्तरण गरिन् । 

स्वीस सरकार विकास सहयोग ९एसडिसि० को सहयोगमा चार हजार पिपिई सेट एक हजार इनफ्रारेड थर्मोमिटर आठ हजार एन ९५ मास्क यसअघि नै हस्तान्तरण गरिसकेको थियो ।

नेपाल सरकारलाई उक्त संस्थाले कोभिड–१९ को पूर्वतयारी, राहत र पुनस्थापनाका प्रयास सहयोग पुर्याउन रु पाँच लाखको कोष स्वीकृत गरेको छ । कोषले महामारी प्रभावित नेपालीको सामाजिक, आर्थिक असर घटाान एवं आवश्यकता र समावेशितामा आधारित कार्यमा प्रभावकारी सम्बोधन गर्नेछ ।

नेपालका लागि स्वीस राजदूत एलिजाबेथ भोन क्यापलरले ३० हजार किट सरकारलाई कोरोना भाइरस नियन्त्रण गर्न आवश्यक र महत्वपूर्ण परीक्षणलाई सुदृढ गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । 

अब प्रसंगमा फर्कौं 
राजदूत क्यापलरले स्वास्थ्य सामग्री दिइन् । मन्त्री ढकालले सामग्री बुझे । तर धन्यवाद दिने बेलामा मन्त्री ढकालले सबै प्रोटोकल बिर्से । 

स्वास्थ्य मन्त्रालय आफैले जारी गरेको प्रोटोकल र विश्व स्वास्थ्य संगठनको प्रोटोकल तोड्दै उनले राजदूतसंग हात मिलाए । 

कोरोनाको संक्रमणका बेलामा हात मिलाउन प्रतिवन्धित छ । कोरोनाको संक्रमण रोक्न सामाजिक दूरी नै एकमात्र विकल्प बनेको छ । तर एउटा जिम्मेवार मन्त्री आफैले हात मिलाए । 

यसबाट स्पष्टै हुन्छ उनी कति लायक छन् स्वास्थ्य मन्त्रीको पदमा रहन । देशमा कोरोना रोक्न लकडाउन लगाएको पनि शुक्रबार ४६ दिन भइसकेको छ । 

यसको प्रमुख कारण नै सामाजिक दूरी कायम गर्नका लागि हो । तर ‘…….लाई भन्दा देख्नेलाई लाज’ भनेझैं मन्त्री ढकाललाई के भन्ने ? 

यही हर्कत बीच पनि मन्त्री ढकाललाई राख्ने मन प्रधानमन्त्रीलाई रहेकै हो भने अन्य मन्त्रालय दिन सकिन्छ । कोरोनाको महामारी रोक्न मन्त्रीले खेल्नुपर्ने भूमिका खेल्नु त कता हो कता सरकार, मन्त्रालय र विश्व स्वास्थ्य संगठनको प्रोटोकल बिर्सनेलाई पदमा राखिरहने ओलीको हैसियत पनि स्पष्टै भएको छ । 

आफैलाई ज्ञान छैन भन्छन् मन्त्री ढकाल
मन्त्री ढकालले यसअघि कानुन मन्त्रालय सम्हालेका थिए । जनता समाजवादी पार्टीका उपेन्द्र यादवले स्वास्थ्य मन्त्रीबाट राजीनामा दिएपछि ढकाललाई यो जिम्मेवारी दिइयो । 

जब कोरोनाको संक्रमण फैलियो तब पीसीआर परीक्षण र आरडीटी परीक्षणको कुरा आयो । त्यति नै बेला मन्त्री ढकालले आफूलाई पीसीआर सीसीआर केही पनि थाहा नभएको भनी पत्रकार सम्मेलनमै भनिदिए । 

उनी स्वास्थ्यको बारेमा आफूलाई सामान्य ज्ञान पनि नभएको बताउँदै आए । त्यति गर्दा पनि ओलीले आफ्नो नैतिकता गुमाए । ढकालका कुरै बेग्लै । 

उनी कुनै पनि विवेक पुर्याउँदैनन् । दुःखको कुरा सिक्न पनि तयार छैनन् । यो प्रवृत्तिको मानिस कोरोनासंग लड्नका लागि निकै खतरनाक छ । 

यस्ता मन्त्रीलाई तत्काल हटाउनु पर्ने देखिन्छ । सामाजिक संजालमा पनि उनलाई हटाउनु पर्छ भन्दै विरोध भइरहेको छ । सत्तारुढ नेकपाका नेताहरु समेत मन्त्रीको हर्कत प्रति लज्जित छन् । 

सरकारले आफैले जारी गरेका निर्देशन मन्त्रीले नै अवज्ञा गरेपछि जनतालाई भन्ने हैसियत समेत बाँकी रहेन । 

सामाजिक संजालमा समेत व्यङ्ग्य गर्न थालिएको छ कि कतै मन्त्री ढकाल नै कारोना फैलाउन सक्रिय त छैनन् ?

नमस्ते नेपाली संस्कृतिः विदेशीले सिके नेपालको मन्त्रीले नै बेइज्जत गर्दै
नमस्ते संस्कार नेपालीको हो । नेपालीहरु परापूर्वकालदेखि नै नमस्कार गर्छन् । पछिल्लो समय पश्चिमी सभ्यता अँगाल्न खोज्दा हात मिलाउन थाले । 

तर कोरोनाले गर्दा विश्वका मै हुँ भन्ने देशहरु नमस्तेमा फर्केका छन् । बेलायती राजकुमार नमस्कारतिर लागे । 

जापानीहरु शिर निहुराउनतिर लागिरहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नमस्कार नै गर्छन् । 

तर नेपालका मन्त्री ढकालले आफ्नो संस्कार त बिर्से नै यतिबेला नेपालीहरुकै बेइज्जत गरिरहेका छन् । 

क्रान्तिकारीले पनि समय र सन्दर्भ हेर्छ । तर उनको क्रान्तिकारीता कुनै पनि कम्युनिष्टले बुझ्न सकेका छैनन् । 

नैतिकता गुमाउँदै मन्त्री ढकाल
मन्त्री ढकालले नैतिकता गुमाउँदै गएका छन् । उनले यसअघि कोरोनाका स्वास्थ्य सामग्री खरिद गर्नका लागि कमिशनको चक्करमा परेका थिए । त्यसपछि चीनसंग किन्ने भनिएको उक्त खरिद प्रक्रिया नै रद्ध भएको थियो । 

ओम्नी ग्रुपमार्फत सामान खरिद गर्न खोज्दा उनी फसेका थिए । उनको चर्को आलोचना हुँदासमेत प्रधानमन्त्री ओलीले उनलाई हटाएनन् । रक्षात्मक रणनीति लिए । 

यसबाट प्रधानमन्त्री ओली पनि यो चक्करमा फसेको स्पष्टै हुन्छ । भ्रष्टाचारमा शून्य सहनशीलता भन्ने ओलीले यसअघि ७० करोड कमिशनको चक्करमा फसेर राजीनामा दिएका पूर्व संचारमन्त्री गोकुल बास्कोटालाई पनि बचाएका थिए ।

त्यस्तै मन्त्री ढकालले पनि हदै गर्दासमेत ओली चूप छन् । मन्त्री ढकालले पदीय जिम्मेवारीसमेत निर्वाह गर्न सकिरहेका छैनन् । उनले कोरोना भाइरसको परीक्षण गर्न पनि चुकेका छन् । संक्रमितको संख्या दिनानुदिन बढ्दै जाँदा पीसीआर परीक्षणसंगै आरडीटी परीक्षणमा पनि कमी आएको छ । 

आरडीटी किटसमेत नक्कली ल्याइएको थियो । टेष्टसमेत बन्द गरियो । चीनबाट ल्याएका किट नै फिर्ता गर्नुपरेको थियो । विश्वसनीयतामाथि सर्वोच्च अदालतमा रिटसमेत परेको छ । 

मन्त्री ढकाल नै त्यसमा मुछिएका छन् । नेपाली सेनालाई स्वास्थ्य सामग्री ल्याउने जिम्मा दिइएको भए पनि सेनाले भारत र चीनबाट ल्याउने भनेका सामग्री आउन अझै एक साता लाग्ने सेनाले नै जनाएको छ । 

कोरोनाको परीक्षण बढाउनु पर्नेमा मन्त्री ढकालकै गैरजिम्मेवारीका कारण अहिले पीडित अलपत्र परेका छन् । दिनानुदिन परीक्षण बढाउनु पर्नेमा मन्त्री ढकालकै कारण अहिले परीक्षणमा सुस्तता आएको छ । 

स्वीस राजदूतको नैतिकता पनि धरापमा 
यतिमात्र हैन स्वीसस राजदूतमाथि पनि गम्भीर प्रश्न उठेको छ । उनी सामाजिक दूरीको हद पार गरेपछि आलोचनाको शिकार भएकी छिन् । मन्त्रीले हात दिँदैमा हात मिलाउन खोज्ने राजदूत र राजदूतले हात मिलाउन खोज्दा हात मिलाउने मन्त्रीको हैसियत स्पष्टै भएको छ । 

यिनीहरु कोरोना विरुद्धको अभियानका विरोधी भएको भन्दै सामाजिक संजालमा चर्को आलोचना भएको छ । 

हाम्रा कुरा अनलाईनमा खबर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*