बञ्चरो प्रहार गरी बाबु–आमाको विभत्स हत्या 

हेटौडा न्युज
२६ बैशाख २०७७, शुक्रबार १५:२७
;

तेह्रथुममा छोराले बाबु – आमाको विभत्स हत्या गरेका छन् ।  फेदाप गाउँपालिका–५ इसिबुस्थित सिङ्गला टोलका २० बर्षीय कञ्चन लिम्बुले ४२ बर्षीय वुवा रुपबहादुर र सौतेनी आमा ३५ बर्षीय ईसाको हत्या गरेको हो । 

बिहीबार कञ्चनले बन्चरो प्रहार गरेर बाबु–आमाकै हत्या गरेका हुन् । घटनाको जानकारी पाएपछि अहिले सम्दुबाट प्रहरी टोली घटनास्थल पुगेको छ ।

प्रहरी टोली पुगेपछि शबलाई पोष्टमार्टमका लागि अस्पताल लगिने जनाइएको छ ।  हत्यामा संलग्न कञ्चनलाई पोक्लावाङ प्रहरी चौकीको टोलीले देउरालीडाँडाबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्याइएको छ । बाबु–आमाको हत्या गरेको प्रहरीसमक्ष उनले स्वीकार गरेका छन् । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*