रेलले किचेर १६ जना मजदुरहरुको मृत्यु
महाराष्ट्रको औरंगावादमा रेलले कुल्चेर १६ जना प्रवासी मजदूरको मृत्यु भएको छ । यो घटना औरंगावाद नजिकै रहेको करमाड स्टेशनमा भएको हो । सबै मजदूर मध्य प्रदेश गइरहेका थिए ।
रेल मन्त्रालयका अनुसार शुक्रबार बिहान केही मजदूरहरु रेलवे ट्र्याकमा सुतिरहेको बेला यो घटना भएको थियो । रेलवे ट्रयाकमा सुतिरहेका मजदूरमाथि रेल चढेको थियो । रेलका चालकले उनीहरुलाई देखेर रेल रोक्ने प्रयास गरे पनि जोगाउन सकेनन् । घटनाको जाँचका लागि आदेश दिइएको छ ।
Ministry of Railways✔@RailMinIndia
During early hours today after seeing some labourers on track, loco pilot of goods train tried to stop the train but eventually hit them between Badnapur and Karmad stations in Parbhani-Manmad section
Injureds have been taken to Aurangabad Civil Hospital.
Inquiry has been ordered
358 people are talking about this
करमाड प्रहरीका अनुसार मजदूरहरु जालनाबाट भुसावल गइरहेका थिए । त्यहाँबाट उनीहरुले रेल चढ्नुपर्ने थियो । मजदूरहरु रेलवे ट्र्याकको छेउ हुँदै हिँडिरहेका थिए । थाकेपछि उनीहरु ट्रयाकमा नै सुत्न पुगेका थिए ।
शुक्रबार बिहान सवा ५ बजे उनीहरुलाई रेलले कुल्चेको थियो । रिपोर्टका अनुसार उनीहरु एक स्टिल फ्याक्ट्रीमा काम गर्थे ।
प्रधानन्त्रीले घटनाप्रति दुःख जताएका छन् । यसबारे उनले रेलमन्त्री पीयूष गोयलसँग कुराकानी गरेका छन् ।
Extremely anguished by the loss of lives due to the rail accident in Aurangabad, Maharashtra. Have spoken to Railway Minister Shri Piyush Goyal and he is closely monitoring the situation. All possible assistance required is being provided.
स्रोतः रातोपाटी