मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
बारामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । महागढिमाई नगरपालिका– १० गञ्जभवानीपुरका अन्दाजी २४ बर्षको परशुराम यादवको मृत्यु भएको हो ।
ना.४६ प. ३६६९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई कल्र्भटमा ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनामा घाईते भएका यादवलाई उपचारको लागि अस्पतालमा पुर्याइएको थियो ।
दुर्घटनामा परी अत्याधिक रक्तश्राव भएको कारण उनको मृत्यु भएको डाक्टरले जनताएको छ ।
घटनास्थलबाट दुर्घटना ग्रस्त मोटरसाइकल प्रहरी चौकी गञ्जभवानीपरको नियन्त्रणमा रहेको छ ।