मुख्यमन्त्री कार्यालयमा लायन्स तथा लियोको ह्याण्ड सेनिटाइजिङ्ग मेसिन

हेटौडा न्युज
२६ बैशाख २०७७, शुक्रबार २१:१०
;

मकवानपुर जिल्लामा क्रियाशिल लायन्स तथा लियो क्लबहरुले बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयलाई कन्ट्याक्ट लेस सेमि अप्सन ह्याण्ड सेनिटाइजिङ्ग मेसिन सहयोग हस्तान्तरण गरेका छन् । 

""

लायनस क्लब इन्टरनेशनल ३२५ बी २ नेपाल एरिया २ अन्तर्गतका क्लबहरुले मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयमा  कन्ट्याक्ट लेस सेमि अप्सन ह्याण्ड सेनिटाइजिङ्ग मेसिन स्थापना गरेका हुन् ।

""

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको जोखिम नेपालमा पनि बढ्दै गरेको बेला जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने नाराका साथ “हामी छौं” अभियान संचामलन गर्दै आएका मकवानपुर जिल्लाका लायन्स तथा लियो क्लबहरुको सक्रियतामा सो मेसिन स्थापना गरेको हो । 

""

त्रिमुर्ति इन्जिनियरीङ्ग र सिद्धबाबा इन्जिनियरीङ्गको संयुक्त प्रयासमा निमार्ण गरीएको सो सेनिटाइजिङ्ग मेसिन करिब ४५ हजार लागतमा तयार पारिएको कार्यक्रमका संयोजक लायन जे.पी. यादवले बताए । 

""

मकवानपुरमा सामाजिक सेवा गरिरहेका लायन्स तथा लियो क्लबका सदस्यहरुको उपीस्थतिमा मुख्यमन्त्री पौडेलले मेसिनको उद्दघाटन गरेका हुन् । 

""

लायन्स इन्टरनेशनल ३२५ बी २ नेपालका प्रथम भाइस गभर्नर लायन शम्भु नकर्मीले मकवानपुरको लायन्सहरुले जस्तो सुकै विपत्तिमा तीनै तहका सरकारसंग सहकार्य गर्न तयार रहेको बताए । 

""

कार्यकममा लायन्स इन्टरनेशनल ३२५ बी २ नेपाल एरीया २ की एरिया को–चिफ लायन टासी डोल्मा तुम्वाहाङ्फेले मकवानपुरमा लायनस तथा लियो क्लबहरुले हाल सम्म गरीएको कार्य प्रतिवेदन समेत हस्तानतरण गरेकी थिइन् ।

""

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*