खोलामा डुबेर मनहरीकी ८ वर्षीय बालिकाको मृत्यु

हेटौडा न्युज
२६ बैशाख २०७७, शुक्रबार २२:०३
;

मकवानपुरको मनहरी गाउँपालिका– ९ रजैयामा खोलामा डुबेर ८ वर्षीय बालिकाको मृत्यु भएको छ । हेटौंडा उपमानगरपालिका– १९ निवासी राजू अधिकारीको छोरी अरमिता अधिकारीको मृत्यु भएको हो । 

शुक्रबार मामाघर गएकी उनको भाईहरुसंग खोलामा पौडी खेल्ने क्रममा खोलामा डुबेर मृत्यु भएको हो । खोलामा डुबेर बेहोस भएकी उनलाई उपचारको लागि चुरेहिल अस्पताल ल्याईएको थियो ।

उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*