धनगढीकी कोरोना संक्रमित महिला डिस्चार्ज

हेटौडा न्युज
२७ बैशाख २०७७, शनिबार ००:०१
;

धनगढीकी कोरोना संक्रमित महिला अस्पतालबाट डिस्चार्ज भएकी छिन्। सेती प्रादेशिक अस्पतालमा उपचाररत ती महिलाको लगातार दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो।

सेती अस्पतालमा उपचाररत धनगढी उप–महानगरपालिका–५ की ३४ वर्षीया महिलाको ६ पटकसम्म गरीएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएको थियो भने पछिल्लो दुई पटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको हो। 

दुबईबाट आएका उनको आफन्तलाई चैत्र १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी नेपालको पहिलो स्थानीय कोरोना संक्रमित हुन् । चैत्र २२ गतेदेखि अस्पतालमा उपचाररत महिला ३६ दिनपछि घर फर्किएकी हुन् ।

यो संगै सुदूरपश्चिम प्रदेशमा पाँच जनामा कोरोना देखिएकोमा सबै निको भएर घर फर्किसकेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*