भारतबाट महाकाली नदी तरेर नेपाल फर्कने क्रम जारी

हेटौडा न्युज
२७ बैशाख २०७७, शनिबार १३:२६
;

भारतसँग सीमा जोडिएको बैतडीका विभिन्न ठाउँमा नेपालीहरु फर्कने क्रम अझै पनि जारी रहेको छ । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले सीमा नाका बन्द गरे पनि महाकाली नदी ट्युबमार्फत तरेर नेपाल फर्कने क्रम जारी छ ।

भारतका विभिन्न ठाउँमा अलपत्र परेका नेपालीहरु ट्युबमार्फत स्वदेश फर्किरहेका छन् । सीमा नाका बन्द हुँदा आफूहरुलाई समस्या परेकाले ट्युबमार्फत नेपाल आएका शिवनाथ गाउँपालिकाका जयसिंह साउँदले बताए । भारतमा अलपत्र परेपछि आफूहरु जोखिम मोलेर स्वदेश फर्किएको उनले बताए ।

सीमा नाका खुला नहुँदा जोखिम मोलेर नेपाल भित्रिनु परेको नागरिकहरुले बताएका छन् । भारतसँग सीमा जोडिएका विभिन्न ठाउँमा अझै पनि नेपालीहरु अलपत्र परेका छन् । कोरोना भाइरसका कारण रोजगारी खोसिएपछि आफूहरु अलपत्र परेको बाजुराको बुढीनन्दा नगरपालिका ९ का मनबहादुर बोहराले बताए । चार दिन कल्भर्टमुनि बसेको र पछि प्रहरीले पुरानै ठाउँ जान भनेपछि आफूहरु एउटा खाली घरमा भोकभोकै बसिरहेको उनले बताए ।

ट्यूवबाट महाकालि तरेर आएका ब्यक्तिहरुलाई सम्बन्धीत जिल्लामा पठाउने गरेको दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए ।

राजधानी दैनिकमा समाचार छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*