नेपालमा ७ जना कोरोना संक्रमित थपिए,  संक्रमितको संख्या १ सय ९ पुग्यो

हेटौडा न्युज
२७ बैशाख २०७७, शनिबार १४:१०
;

नेपालमा थप ७ जनामा कोरोना भाइरस संक्रमित फेला परेका छन् ।  यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुर र कपिलवस्तुका ३/३ तथा पर्साका एक जनालाई संक्रमण भएको छ। उदयपुरको भुल्केका संक्रमित तीन जना नै महिला छन्। त्यहाँ १८, ४५ र ६५ वर्षीया महिलालाई संक्रमण भएको छ।

कपिलवस्तुका भने तीन जना नै पुरुष छन्। उनीहरु दुई जना १८ र एक जना १७ वर्षका हुन्। उता पर्सा छपकैयाका भने ६२ वर्षीय पुरुषलाई संक्रमण भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र कोशी अस्पताल विराटनगरका प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरु संक्रमित भएको पत्ता लागेको हो। उनीहरु सबै जनाको स्वास्थ्यअवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

 

""

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*