बाँझो जग्गा उपभोग गरे बापत गाउँपालिकाको अनुदान 

हेटौडा न्युज
२७ बैशाख २०७७, शनिबार १६:००
;

मकवानपुर गढी गाउँपालिकाले सबै वडा कार्यालयहरुलाई बाँझो जग्गाको विवरण पठाउन सुचना जारी गरेको छ । गाँउपालिकाले गत बैशाख २२ बाँझो जग्गा उपभोग अनुदान उपलब्ध गराउन सबै वडाहरुलाई बाँझो जग्गाको विवरण पठाउन सुचना जारी गरेको हो । 

सबै वडामा रहेको बाँझो जगाको उपभोग गरी गाँउपालिकाका नागरिकहरुलाई उत्पादन तर्फ उन्मुख गराउन बाँझो जग्गाको विवरण संकलन गरिरहेको गाँउपालिकाका अध्यक्ष विदुर हुमागाँईले बताएका छन् । 

गाँउपालिका भित्र विगत लामो समयदेखि बाँझो रहेको जग्गालाई सदुपयोग गरी उत्पादनमा लगाउन गाँउपालिकाले बाँझो जग्गा उपभोग बापत अनुदानको व्यवस्था गर्ने भएकोले बाँझो जग्गाको विवरण पेश गर्न अध्यक्ष हुमागाँईले आग्रह गरे । 

गाँउपालिकाले सबै वडामा जग्गाको विवरण संकलन हुने जनाएको छ । अनुदानका लागि गाँउपालिकाले विगत पाँच वर्ष देखि जग्गा बाँझो रहेको व्यहोराको सर्जिमिन मुचुल्का र बाँझो जग्गामा काम सुरु हुनु पुर्व र काम सुरु भए पश्चातको फोटोको आधारमा अनुदान उपलव्ध गराउने छ । 

""

गाँउपालिकाका अनुसार गाँउपालिकाले उपलब्ध गराउने अनुदान रकम स्विकृत भएको विवरण बमोजिम उक्त अनुदान कायक्रमहरु गर्न इच्छुक व्यक्तिहरुको सम्झौता अनुसारको प्राप्त विल तथा भौचरको आधारमा अनुगमन र मुल्याङक गरेर मात्र भुक्तानी प्रक्रिया अगाडी बढाईने जनाएको छ  । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*