बकैयाको फुयाँल किराना पसलमा चोरी
बकैया गाँउपालिका जुरेलीको फुयाँल किराना पसलमा चोरी भएको छ । पूर्वी मकवानपुरको बकैयाको व्यापारीक केन्द्र जुरेलीको फुयाँल किराना स्टोरको सटर तथा च्यानल गेट फोरेर नगद, रिचार्ज कार्ड, खाद्यान्न तथा मदिरा चोरी भएको हो ।
लकडाउनको अवधिमा मौका छोपी आज शनिबार बिहानको समयमा १५ लाख रुपैँया बराबरको मालसामान चोरी भएको पसल सञ्चालकले जनाएका छन् ।
सो पसलले बकैया आसपासका स्थानीय किराना पसलहरुमा डिलरको रुपमा सामान सप्लाई गर्दै आएको थियो ।
घटना बारे अनुसन्धान भईरहेको स्थानीय प्रहरी चौकी हात्तिसुडेले जनाएको छ ।