कश्मीरमा विरोधी प्रदर्शन हिंसात्मक बन्दै

हेटौडा न्युज
२७ बैशाख २०७७, शनिबार २०:०४
;

कश्मीरमा तेस्रो दिन पनि भारत विरोधी प्रदर्शन र हिंसा जारी रहेको छ । सरकारी फौजबाट कश्मिरका विद्रोही नेता मारिएपछि त्यसको विरोध गर्दै प्रदर्शन भएको हो । 

गत बुधबार कश्मीरको पुलवामा जिल्लामा सरकारी फौजको गोली प्रहारबाट हिजबुल मुजाहिदीन समूहका कमान्डर रियाज नाइकू र तीन अन्य विद्रोही मारिएका थिए ।

त्यस घटनापछि लगातार प्रदर्शन कश्मीरमा प्रर्दशन भइरहेको छ । कतिपय स्थानमा प्रदर्शन हिंसात्मक बन्न पुगेको छ । ३५ वर्षीय विद्रोही नेता नाइकूले नेतृत्व गरेको हिजबुल मुजाहिदीन विवादास्पद क्षेत्रको सबैभन्दा ठूलो विद्रोही समूह हो ।

सरकारी फौज र प्रदर्शनकारीबीच ढुंगा हानाहान हुनुका साथै सुरक्षाकर्मीले टियर ग्यास र हवाइ फायर समेत गरेका छन् । सरकारी अधिकारीहरुले बुधबारदेखि नै त्यस क्षेत्रमा इन्टरनेट र टेलिफोन सेवा काटिदिएका छन् । 

कश्मीर क्षेत्रमा भारत सरकारको नियन्त्रण विरुद्ध विद्रोही समूहहरु १९८९ देखि नै लड्दैआएका छन् । हालसम्म ७० हजार मानिसको मृत्यु भइसकेको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*