लिपु लेक सडकको उद्घाटन प्रति नेपाल सरकारको आपत्ती
नेपाल सरकारले भारतले नेपाली भू–भाग लिपुलेक हुँदै मानसरोवर जाने सडकको उद्घाटन गरेको भन्दै आपत्ति जनाएको छ ।
परराष्ट्र मन्त्रालयले आज (शनिबार) एक विज्ञप्ती जारी गर्दै भारतको यस्तो कदमले नेपाललाई दुःखी तुल्याएको जनाएको छ ।
लिम्पियाधुरा, कालापानी र लिपु लेकसहित काली (महाकाली) नदीको पूर्व क्षेत्र नेपाली भूभाग हो भन्ने कुरा नेपाल सरकारले विगतदेखि नै पटक–पटक दोहोर्याउँदै आएको विज्ञप्तिमा उल्लेख गरिएको छ । भारतले जारी गरेको नक्शाका सम्बन्धमा कूटनीतिक नोटसमेत पठाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।










