डेढ सय बढी नेपाली भारतीय क्वारेन्टीनबाट निकालिए

हेटौडा न्युज
२७ बैशाख २०७७, शनिबार २१:३५
;

भारतको क्वारेन्टीन बसेका डेढ सय बढी नेपाली निकालिएका छन् । उत्तराखण्डस्थित रायपुर र काशीपुरका क्वारेन्टीनबाट १४ दिन बसेका नेपाली निकालिएका हुन् ।

उनीहरू झण्डै एक सय १५ किलोमिटर पैदल हिडेर शुक्रबार राति नेपाल भारत सीमा क्षेत्रमा पुगेका थिए ।  
यसरी निकालिएकामध्ये धेरै सुदूरपश्चिम प्रदेशका छन् भने कर्णाली प्रदेशका ११ जना छन् । जाजरकोटको जुनिचाँदे गाउँपालिकाका ९ जना र कालीकोटमा दुई जना रहेका छन् ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले भने अलपत्र नेपालीलाई उद्धार गर्न नसकिने बताएका छन् । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*