भारतले लिपुलेकमा यसरी बनाउँदैछ सडक (फोटो फिचर)

हेटौडा न्युज
२७ बैशाख २०७७, शनिबार २१:५६
;

भारतको पिथौरागढ जिल्लाको गर्बाधारबाट सुरु भई नेपालको कालापानी लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने गरी भारतले सडक निर्माण गरिरहेको छ। शुक्रबार उद्घाटन गरिएको कुल ८० किलोमिटर लामो सो सडक नेपालको कालापानी, लिपुलेक र नाविढांग क्षेत्रमा पर्दछ।

गर्बाधार-लिपुलेक सडकलाई रणनीतिक महत्त्वको परियोजनाका रुपमा लिएको छ। सडक निर्माण भएसँग भारतको उत्तराखण्डसँग चीन जोडिएको छ। सडक निर्माण भारतको बोर्डर रोड अर्गानाइजेसन (बीआरओ)ले गरेको हो।

सडक निर्माणको स्वीकृति भारतको सीसीएस (क्याबिनेट कमिटी अन सेक्युरिटी) ले सन् २००५ मा गरेको थियो। सडक निर्माणमा ४३९.४० करोड खर्च भएको बीआरओले जनाएको छ।

सडक निर्माण भने २००८ मा सुरु भएको थियो। नजंगदेखि बुँदी गाउँसम्मको दुर्गम क्षेत्र रहेका कारण १५ किलोमिटर निर्माणमा ढिलाइ भएको बीआरओले जनाएको छ।

सडक निर्माणसँग १७ हजार फिट उचाइमा रहेको लिपुलेक पुग्न सहज हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अब दिल्लीबाट लिपुलेकसम्म दुई दिनमा पुगिन्छ। लिपुलेकबाट मानसरोबर ९५ किलोमिटर छ।

यसबारे नेपाल सरकारले आफ्नो दूतावासमार्फत भारत सरकारबाट आधिकारिक विवरण खोजिरहेको छ।

""

""

""

रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*