भारतबाट आएका दुई हजारबढीको कोरोना परिक्षण रोकियो
डोटीमा भारतबाट आएका दुई हजारबढीको कोरोना परिक्षण रोकिएको छ । कोरोना भाइरसको परीक्षण गर्ने किट अभावका कारण भारतबाट आएका चार सय ४४ जनाको परीक्षण रोकिएको हो ।
गत चैत १ गतेदेखि भारतबाट आएका डोटीका कुल चार हजार पाँच जनामध्ये एक हजार सात सय १९ जनाको आरडीटी परीक्षण गरिएको छ भने तीन सय ३७ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।
किट अभावका कारण बाँकी रहेकाको कोरोना परीक्षण रोकिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताएका छन् ।
भारतबाट आएका व्यक्तिहरुलाई पालिकाले निर्माण गरेका क्वरेण्टीनमा २१ दिन राखेर घर पठाए पनि अन्य व्यक्तिमा समेत कोरोना परीक्षण हुन सकेको छैन । पीसीआर विधिबाट गरिने कोरोना परीक्षणका लागि किट सकिएपछि शङ्कास्पद बिरामीको कोरोना परीक्षणसमेत रोकिएको छ ।