शिक्षकले कानुन बुझ्नु अनिवार्यः प्रधानमन्त्रीका कानुनी सल्लाहकार 

हेटौडा न्युज
२७ बैशाख २०७७, शनिबार २२:३८
;

नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुरको नियमित प्रविधीमैत्री प्रशिक्षण कार्यक्रमको २२औं सत्रको आज अध्यक्ष श्रीराम दाहालको अध्यक्षतामा सम्पन्न भएको छ । मुलुकमा विद्यमान कोरोना भाईरस संक्रमण पछि भएको लकडाउनका कारण प्रविधिमा आधारित गुगल मिट एपमार्फत सम्पन्न प्रशिक्षणलाई अधिवक्ता बाबुराम दाहालले प्रशिक्षण दिनुभएको हो ।

कार्यक्रममा शिक्षक संगठनका केन्द्रिय महासचिव हंश शाही तथा सदस्य पद्मा पौडेलको विशेष आतिथ्यता रहेको थियो । प्रधानमन्त्री केपी शर्मा वलीका कानुनी सल्लाहकार समेत रहेका दाहालले प्रशिक्षणका क्रममा शिक्षकले कानुन बुझ्नु अझै अनिवार्य रहेको बताएका छन् ।

दाहालले विद्यमान संकटमा शिक्षालयहरु अझै जोखिम र हिंसाग्रस्त क्षेत्रमा परिणत हुनबाट रोक्न कानुन मा शिक्षक र शिक्षालय अग्रपंक्तिमा रहनुपर्ने बताएका हुन् । 

विद्यालय कानुनबाट सूसुचित भए देश नै सू(सुचित हुनेकुरामा जोड दिदैं वहाले कानुनको अनविज्ञता क्षम्य नहुने कानुनी ब्यवस्थामाथि प्रकाश पार्नुभएको मकवानपुर जिल्ला प्रचार विभाग प्रमुख सुनिल गौतमले बताएका छन् ।  

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन प्रदेश नं १ सचिव रघुनाथ मिश्र, वाग्मति प्रदेस संगठन सचिवालय सदस्य मोहन शर्मा,पार्वती खनाल, शिक्षक महासंघ राष्ट्रिय समिति पूर्व केन्द्रीय सदस्य रमेशप्रसाद लामिछाने, संगठन पाल्पा अध्यक्ष रामप्रसाद ढकाल, रुपन्देही अध्यक्ष मोतिलाल सुवेदी, लम्जुङ अध्यक्ष राजु थापा, शिक्षक महासंघ मकवानपुर अध्यक्ष जीधराज ढकाल, संगठन पर्वत अध्यक्ष चिरञ्जीवी अधिकारी, रसुवा अध्यक्ष मोचनाथ न्यौपाने,प्यूठान जिल्ला सचिव ज्ञानहरि रिजाल, पर्वत उपाध्यक्ष आङमाया शेर्पा, भोजपुर अध्यक्ष यदु सुवाल, चितवनबाट शकुन्तला अधिकारी, मकवानपुर उपाध्यक्ष लक्ष्मी गजुरेल, सल्लाहकार,पिताम्वर वास्तोला, लक्ष्मी चौलागाई, कोषाध्यक्ष जयप्रसाद पोखरेलको उपस्थिति रहेको थियो ।

त्यसैगरी कार्यक्रममा मकवानपुर सहसचिव प्रतिमा गौतम सहकोषाध्यक्ष चन्द्रादेबी लामा बल, सचिवालय सदस्य कृष्ण पौडेल, शिक्षक सहकारी अध्यक्ष सिताराम दाहाल, प्रचार विभाग प्रमुख सुनिल गौतम,सदस्य सविता लामिछाने, भावना सापकोटा, लक्ष्मी अधिकारी, नारायण प्रसाद कँडेल, हेटौडा नगर अध्यक्ष मुकुन्द न्यौपाने, मकवानपुरगढी अध्यक्ष शिबप्रसाद लामिछाने, भिमफेदी अध्यक्ष कृष्ण पोखरेल ,थाहानगर अध्यक्ष रमेशमान डङ्गोल रसुवा का बिष्णुप्रसाद पौड्याल लगायतकाको उपस्थिती रहेको थियो । भोलि हुने २३ औं सत्रमा पनि देशका अन्य थप बिभिन्न जिल्लाबाट पनि सहभागिता गराउने अध्यक्ष श्रीराम दाहालले जानकारी दिएका छन् । बैशाख २७ गते हुने प्रशिक्षण नियमित जस्तै दिउसो १२ः ०५ हुने छ ।

सञ्चारकर्मी सुनिल गौतमको सहयोगमा 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*