एक लाख घुस रकमसहित डिभिजन वन कार्यालयका प्रमुख पक्राउ
नुवाकोटमा एक लाख घुस रकमसहित डिभिजन वन कार्यालयका प्रमुख पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालय प्रमुख जयमंगल प्रसादलाई कार्यालयबाटै घुस लिएको अभियोगमा आज पक्राउ गरेको हो ।
उनलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि काठमाडौंँ लगिएको वन कार्यालयका सूचना अधिकारी लोकनाथ न्यौपानेले जानकारी दिएका छन् ।
सूर्यगढी गाउँपालिका– ५ नयाँपुलमा रहेको ढुंगाखानी सञ्चालनका लागि सेवाग्राहीसँग कार्यालय प्रमुख प्रसादले घुस लिएको अभियोग लगाइएको छ ।











