लकडाउनमा हेटौंडा जेसिजको अनलाइन वक्तित्वकलामा राई प्रथम

हेटौडा न्युज
२८ बैशाख २०७७, आईतवार ०२:५१
;

हेटौंडा जेसिजद्वारा आयोजित अनलाइन वक्तित्वकला प्रतोयोगितामा जेसि सग्राम राई प्रथम भएका छन् । देश लकडाउनमा रहेकाले जेसिआइ हेटौंडाले अनलाईनमार्फत गरेको  "विश्व बन्दाबन्दीमा अनलाइन शिक्षा पद्धतिको सान्दर्भिकता र चुनौतीहरु" विषयक वक्तित्वकलामा राई प्रथम भएका हुन् ।

लकडाउनका कारण देशभरका सबै क्षेत्र अस्तव्यस्त छ । शैक्षिक क्षेत्रले निकै ठूलो क्षति व्यहोर्नु परेकोले यसैलाई विषय वस्तु बनाएर जेसिआई हेटौंडाले अनलाइनमार्फत कार्यक्रम गरेको जेसिआई हेटौंडाका अध्यक्ष जेसि राजदेव बानियाले बताए । 

वक्तित्वकलामा जेसि लिसेन बस्नेत दोस्रो भएका थिए भने जेसि एसिस रिजालले  तेस्रो स्थान हसिल गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*