कोरोनाको औषधी बनाएर आफैंमाथि परीक्षण गर्ने डाक्टरको मृत्यु
भारतको चेन्नईमा कोरोना भाइरसको उपचारका लागि बनाइएको औषधी परिक्षणको क्रममा एक डाक्टरको मृत्यु भएको छ ।
चेन्नई पेरुंगुडीमा बस्ने शिवनेसन, एक आयुर्वेदिक उत्पादन कम्पनीका साथै फार्मासिस्ट र प्रोडक्सन म्यानेजरको रुपमा काम गरिरहेका थिए । कोरोनाभाइरससँग जुध्न शिवनेसन र उनका बोस राजकुमार एउटा औषधीको खोजी गरिरहेका थिए ।
उनले कोरोनाका लागि जुन औषधी बनाए, त्यसलाई आफूमाथि नै परीक्षण गर्न थाले । राजकुमारले त्यो औषधीको केही थोपा मात्रै पिए भने शिवसेननले धेरै नै पिएका थिए ।
औषधी सेवन गर्नेबित्तिकै यी दुई बेहोस भए । उनीहरुलाई नजिकैको अस्पताल पुर्याइयो । शिवनेसनको अस्पतालमा मृत्यु भयो जबकी राजकुमारको स्थिती स्थिर बताइएको छ र उनको उपचार चलिरहेको छ । यसबारे पुलिसले अनुसन्धान थालेको छ । भारतीय मिडिया आजतकका अनुसार यो घटना चेन्नईको हो ।
एजेन्सी











