८० किलो गाँजा सहित मकवानपुरमा एक जना पक्राऊ

हेटौडा न्युज
२८ बैशाख २०७७, आईतवार १६:२१
;

जिल्ला प्रहरी कार्यालय मकवानपुरले ८० किलो लागूऔषध गाँजाहित एक जनालाई पक्राऊ गरेको छ । इलाका प्रहरी कार्यालय, मनहरीका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठकमो प्रहरी टोलीले मनहरी गाउँपालिका–६ की फुलमाया तामाङ्गलाई सो परिमाणको लागूऔषध गाँजासहित पक्राऊ गरेको हो ।

लागूऔषध गाँजा लुकाई छिपाई राखेको भन्ने सूचनाको अधारमा तामाङ्गको घर खानतासी गर्दा घरको चोटामा लुकाएर राखिएको लागूऔषध गाँजा बरामद गरेको जनाएको छ ।

पक्राऊ परेकी घरधनी तामाङ्गलाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम २ वर्ष देखि १० वर्ष सम्म कैद र १५ हजार देखि १ लाख रुपैयाँसम्म जरिवाना हुने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुजन पाठकले जनाएका छन् । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*