एकैदिन चार जनामा कोरोना देखिएपछि उदयपुरमा ३ सय जनाको परिक्षण गरिदै

हेटौडा न्युज
२८ बैशाख २०७७, आईतवार २०:०३
;

उदयपुरको भुल्केमा कोरोना संक्रमित थपिएपछि थप ३ सय जनाको परीक्षण गरिने भएको छ । शनिबार एकैदिन चार जना कोरोना संक्रमित थपिएपछि सोमबार ३ सय जनाको स्वाब संकलन गरिने भएको हो । 

संक्रमणको जोखिम फेरि बढेको र  भुल्के आसपासमा रहेका परिवारका सदस्यको स्वाब परीक्षणको लागि काठमाडौं पठाइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. मोहन सुवेदीले बताएको छन् । 

कोरोना संक्रमणको पुष्टि भएका चार जनाको  विराटनगरस्थित कोसी अस्पतालमा उपचार भइरहेको छ।

भुल्केमा मात्र ३२ जनामा कोरोना संक्रमण देखिएको थियो । जसमा १४ जना निको भएका छन् ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*