चिर्पटले हिर्काएर छोराले गरे बाबुको हत्या
छोराले चिर्पटले हिर्काउँदा बाबुको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ पकडिया बस्ने ६० वर्षीय जोगी महासेठको मृत्यु भएको हो ।
गत मंगलबार घरायसी विवादका क्रममा ३० वर्षीय छोरा नरेश महासेठले बुबा जोगी महासेठमाथि दाउराको चिर्पट प्रहार गरेका थिए ।
छोरोको चिर्पट प्रहारबाट गम्भीर घाइते भएका जोगीको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
चिर्पट प्रहारपछि नरेश फरार रहेका छन् । उनको खोजी कार्य जारी रहेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।