एयर इन्डियाका पाँचजना पाइलटमा कोरोना संक्रमणको पुष्टि

२८ बैशाख २०७७, आईतवार २१:०६
एयर इन्डियाका पाँचजना पाइलटमा कोरोना संक्रमणको पुष्टि भएको छ । उडान भर्नुभन्दा ७२ घण्टाअघि भएको परीक्षण्मा उनीहरुमा कोरोनाभाइरस पोजेटिभ देखिएको हो ।
पाँचैजना पाईलट मुम्बईमा छन् र संक्रमित भएको पत्ता लागेपछि उचित स्वास्थ्य निगरानीमा राखिएको भारतीय सञ्चार माध्यम आजतकले जनाएको छ ।
एयर इन्डिया स्रोतका अनुसार यी पाइलट कार्गो विमान लिएर केही दिन अघिमात्रै चीन गएका थिए ।
एजेन्सी