प्रहरी कुट्ने चार चिनियाँलाई १० दिन हिरासतमा राख्ने अनुमति
जिल्ला प्रशासन कार्यालय काठमाडौँले चार जना चिनियाँ नागरिकलाई प्रहरीमाथि हातपात गरेको आरोपमा १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। आइतबार प्रशासन कार्यालयले उनीहरुलाई १० दिन हिरासतमा राखेर अनुसनधान गर्न प्रहरीलाई अनुमति दिएको हो।
स्वदेश फिर्ताको माग गर्दै गत शुक्रबार चिनियाँ नागरिकहरुले सिंहदरबारको मुख्य गेट अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरी र चिनिया नागरीक बिच हातपात गरेका थिए । प्रदर्शनका क्रममा ४७ चिनियाँ नागरिक पक्राउ परेका थिए।
आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले उनीहरुलाई १० दिन हिरासतमा राखेर अनुसनधान गर्न प्रहरीलाई अनुमति दिएको हो।
चार जनालाई भने अभद्र व्यवहारमा मुद्दा चलाउन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनिहरुले एक साता अघिदेखि चिनियाँ दूतावासमा धर्ना दिँदै आएका थिए। विदेशमा भएका आफ्ना नागरिक तत्काल नफर्काउने चीन नीतिका कारण दूतावासले उनीहरुलाई फर्काउन नसक्ने बताएको थियो।