सिमानामा काँडेतार लगाउन युवा र विद्यार्थी संगठनको माग

हेटौडा न्युज
२८ बैशाख २०७७, आईतवार २२:०२
;

नेपालको सिमानामा काँडेतार लगाउन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा र विद्यार्थी संगठनले सरकारसँग माग गरेको छ । आइतबार राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियूले सिमाना रक्षा गर्न सुरक्षा फौज राख्न र काडेतार लगाउन माग गदै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई ज्ञापनपत्र बुझाएका हुन् । 

वैशाख २६ गते भारतले नेपाली भूमि अतिक्रमण गरी बनाएको सडक सञ्चालन रोक लगाउन तत्काल कुटनीतिक पहल चाल्नु पर्ने माग गरेको छ । युवा संघ र अनेरास्ववियूले गत मंसिरमा भारतले नेपाली भूमिसमेत समेटेर सार्वजनिक गरेको नक्सा खारेजीको समेत माग गरेको छ ।  

सीमा समस्या दीर्घकालीन रुपमा हल गर्न उच्च तहबाट निर्णायक पहल लिन सरकारलाई उनिहरुले आग्रह गरेकका छन् ।

ज्ञापनपत्र बुझ्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमा समस्या समाधान गर्न सरकारले कुटनीतिक पहल गरिरहेको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*