भारतीय अतिक्रमणविरुद्ध प्रदर्शनमा उत्रिएका ३ कानुन व्यवसायी पक्राउ

२८ बैशाख २०७७, आईतवार २२:२२
भारतले नेपाली भूमि मिचेर सडक बनाएको विरुद्धमा प्रदर्शन गरिरहेका ३ जना कानुन व्यवसायी पक्राउ परेका छन् ।
आइतबार भारतीय अतिक्रमणको विरोधमा माइतीघर अगाडी मौन उभिएर विरोध प्रदर्शन गरिरहँदा अधिवक्ताहरु सुरेन्द्र भण्डारी, बालकृष्ण न्यौपाने र सागर खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले माइतीघरमै प्रदर्शनमा उत्रिएका विभिन्न दलनिकट र स्वतन्त्र विद्यार्थीहरुलाई पनि पक्राउ गरेको छ ।