थप दुईजना कोरोना संक्रमित डिस्चार्ज, प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १६ पुग्यो

थप दुई जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् । विराटनगरस्थित कोसी अस्पतालको कोरोना उपचार केन्द्रमा उपचार गराइरहेका थप दुई जना निको भई डिस्चार्ज भएका हुन् । यो सँगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १६ पुगेको छ।
डिस्चार्ज हुनेमा भोजपुर र झापाका एक÷एक जना रहेका छन् । वैशाख १० र १२ गते भर्ना भएका उनीहरु आइतबार डिस्चार्ज भएका हुन् ।
भोजपुरका २७ वर्षीय युवक १० वैशाखमा अस्पताल भर्ना भएका थिए । झापा दमकका ६३ वर्षीय वृद्धलाई १२ वैशाखमा कोरोना देखिएपछि कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका थिए । उनीहरुको कोरोना रिपोर्ट नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएको हो ।











