नेपालमा एकैदिन १३ सय जनाको पीसीआर परीक्षण
सरकारले कोरोनाभाइरस संक्रमणको परीक्षण बढाएको छ । नेपालमा अब दैनिक १३ सय जनाको पिसिआर विधिबाट परीक्षण हुने स्वास्थ्य मन्त्रलायले जनाएको छ । नेपालमा हालसम्म १६ हजार ८ सय ९८ जनाको पीसीआर प्रविधि कोरोना संक्रमण परीक्षण गरिएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनसरा पछिल्लो २४ घन्टामा १३ सय १६ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ ।
कोरोना परिक्षण किट विदेशबाट ल्याईए पछि केहिदिन यता पिसिआर प्रविधिबाट हुने परीक्षण बढेको छ ।विदेशबाट फर्किएका, संक्रमितको कन्ट्याक ट्रेसिङ गर्दा सम्पर्कमा रहेका व्यक्ति र जोखिम क्षेत्रमा रहेका व्यक्तिमा परीक्षण बढाइएको छ ।
नेपालमा अहिलेसम्म १ सय १० जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । यीमध्ये ७८ जना पुरुष छन् भने ३२ जना महिला । अहिलेसम्म नेपालमा ३० जनाले स्वास्थ्य उपचारपछि कोरोनालाई जितिसकेका छन्











